दफा २४
वित्तीय जानकारी इकाईको काम, कर्तव्य र अधिकार
ऐनमा उल्लेख गरिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त वित्तीय जानकारी इकाईको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) सूचना प्राप्ति, त्यसको विश्लेषण, सोको प्रवाह लगायत वित्तीय जानकारी इकाईको कार्यसम्पादनको लागि आवश्यक विद्युतीय सूचना सञ्जाल स्थापना र सञ्चालन गर्ने,

(ख) ऐन बमोजिम वित्तीय जानकारी इकाईमा प्राप्त हुने सीमा, शङ्कास्पद तथा अन्य कारोबारको प्रतिवेदन, सोको विश्लेषण र निष्कर्ष प्रवाह गर्ने केन्द्रीय निकायको रूपमा काम गर्ने,

(ग) सम्पत्ति शुद्धीकरण, आतङ्ककारी ८ कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारण सम्बन्धमा सम्पर्क बिन्दुको रूपमा काम गर्ने,

(घ) कुनै विदेशी निकायले: सिधै वा आफ्नो समकक्षीमार्फत कुनै; सूचना माग गरेमा समकक्षीको अनुरोध सरह मानी सोही बमोजिम सूचना प्रवाह गर्ने,

(ङ) विदेशी मुलुकको वित्तीय जानकारी इकाईसँग सूचना आदानप्रदान गर्दा सो सम्बन्धमा एगमन्ट समूह (एगमन्ट ग्रुप) ले तय गरेका सिद्धान्तलाई सामान्य सिद्धान्तको रूपमा लिई कार्य गर्ने,

(च) अनुसन्धानकारी निकाय वा अन्य सरकारी निकाय, नियमनकारी निकाय, कानून कार्यान्वयन गर्ने निकाय, सम्बद्ध अन्य निकायसँग ऐन र प्रचलित कानूनको अधीनमा रही सूचना आदानप्रदानका लागि आपसमा समझदारी गर्ने,

(छ) विदेशी मुलुकको वित्तीय जानकारी इकाईसँग सूचना आदानप्रदान गर्ने सम्बन्धमा आवश्यकता अनुसार समझदारी कायम गर्ने,

(ज) विदेशी मुलुकको वित्तीय जानकारी इकाईबाट प्राप्त सूचना वा आफूले प्रवाह: गरेको सूचनाको प्रयोग र उपलब्धिका : बारेमा पृष्ठपोषण माग गर्ने र दिने,

(झ) समन्वय समितिको सचिवालयको रूपमा कार्य गर्ने, र

(ज) वित्तीय जानकारी इकाईको लागि ऐन र यस नियमावली बमोजिम आवश्यक निर्देशिका, कार्यविधि वा ढाँचा निर्धारण गर्ने।