दफा २०
वित्तीय मध्यस्थताको काम गर्नमा रोक लगाउन सक्ने
कुनै संस्थाले दफा १८ बमोजिमको कुनै काम कारबाही गरेको कारणबाट सो संस्थालाई यथावत रूपमा वित्तीय मध्यस्थताको काम गर्न दिइरहनु उचित नदेखिएमा बैङ्कले त्यस्तो संस्थालाई आवश्यक सुधार गर्न मौका दिई निश्चित अवधिको लागि वित्तीय मध्यस्थताको काम गर्नबाट रोक लगाउन सक्नेछ ।