नियम १८
विदा दिने अधिकारी
(१) देहायका पदका कर्मचारीलाई देहायका अधिकारीले विदा दिन सक्नेछः–
(क) समितिको अधिकृत स्तरीय र सहायक स्तरीय कर्मचारीहरूको विदाको स्वीकृति महाप्रबन्धकले ।
(ख) महाप्रबन्धकको विदाको स्वीकृति बोर्डको अध्यक्षले ।
(ग) कार्यकारिणी अध्यक्ष भएमा सो अध्यक्षको विदाको स्वीकृति नेपाल सरकार, सञ्चार मन्त्रालयले ।
(२) महाप्रबन्धकले भैपरि आउने विदा आफै जनाई लिन सक्नेछ ।
(३) महाप्रबन्धकले विदा स्वीकृति गर्ने अधिकार आफूभन्दा मुनिका कुनै अधिकृतलाई सुम्पन सक्नेछ ।