दफा ५२
विदेशी राष्ट्रबाट प्राप्त चालक अनुमतिपत्रको मान्यता
कसैले विदेशी राष्ट्र«बाट चालक अनुमतिपत्र प्राप्त गरेको रहेछ भने सो अनुमतिपत्रमा लेखिएको सवारी चलाउन त्यस्तो व्यक्तिले दफा ४८ बमोजिम दरखास्त दिएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो व्यक्तिबाट चालक अनुमतिपत्रको लागि लाग्ने दस्तुर लिई चालक अनुमतिपत्र दिन सक्नेछ ।
तर त्यस्तो व्यक्तिले चालक अनुमतिपत्र लिन कुनै परीक्षा दिनु पर्ने छैन ।