दफा ६४
विदेशी विनिमय कारोबारको बिबरण
(१) बैंकले ईजाजतपत्र प्राप्त व्यक्तिलाई विदेशी मुद्रा सटही तथा सो सम्बन्धी सञ्चालनको बिस्तृत विवरण बैंकमा पेश गर्न लगाउने छ । त्यस्तो बिबरण पेश गर्नु पर्ने अवधि, ढाँचा र तत्सम्बन्धी अन्य कागजात बैंकले समय समयमा तोके बमोजिम हुनेछ । (२) उपदफा (१) बमोजिमको विवरण र बैंकले तोकेको कागजात बैंक समक्ष पेश गर्नु सम्बन्धित ईजाजतपत्र प्राप्त व्यक्तिको कर्तव्य हुनेछ ।