दफा ३०
विद्युतीय तथ्याङ्क भण्डार स्थापना गर्ने
(१) यस ऐन बमोजिम सङ्कलन गरिएका वैयक्तिक तथा जैविक वबिवरणहरुको एकीकृत भण्डार तथा उपयोग गर्न केन्द्रीय विद्युतीय तथ्याङ्क भण्डार रहनेछ।

(२) उपदफा (१) बमोजिम स्थापना भएको तथ्याङ्क भण्डार र विभिन्न सरकारी कार्यालय तथा निकायहरुमा रहेका तथ्याङ्क भण्डारबीच सम्पर्क (लिङ्क) को व्यवस्था गरिनेछ।

(३) उपदफा (१) बमोजिमको तथ्याङ्क भण्डारमा प्रचलित कानून बमोजिम प्रदेश, जिल्ला तथा स्थानीय तहले सङ्कलन गरेको विवरणलाई आबद्ध (लिङ्क) गर्न सकिनेछ।

(४) उपदफा (१) बमोजिम भण्डारण भएको तथ्याङ्कलाई विभागमा तथा नेपाल सरकारले तोकेको सरकारी डाटा केन्द्रमा समेत अतिरिक्त भण्डारण (ब्याक अप) को व्यवस्था गरिनेछ।

(५) यस दफा बमोजिम तथ्याङ्क भण्डारमा विवरणको प्रविष्टि, अतिरिक्त भण्डारण, तथ्याङ्क प्रशोधन तथा प्रयोग सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।