दफा ३६
विद्युतीय माध्यमबाट विवरण पेस गर्ने
(१) सूचक संस्थाले ऐन तथा यस नियमावली बमोजिम वित्तीय जानकारी इकाईलाई दिनु पर्ने सूचना वा विवरण वित्तीय जानकारी इकाईले तोकेको मितिदेखि नियमितरूपमा विद्युतीय माध्यमबाट दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको सूचना वा विवरण वित्तीय जानकारी इकाईले निर्धारण गरेको ढाँचामा दिनु पर्नेछ।