दफा ६१
विनिमेय अधिकारपत्रमा थपघट वा केरमेट
विनिमेय अधिकारपत्रमा मुख्य पक्षहरूको एउटै मनसायले थपघट वा केरमेट गरिएकोमा बाहेक सो अधिकारपत्रको मूलभूत कुरामा थपघट वा केरमेट गरिएकोमा थपघट वा केरमेट गर्ने वा सो गर्न सहमति दिने पक्ष बाहेक अरू सबै पूर्वपक्षहरू दायित्वबाट मुक्त हुनेछन् । स्पटीकरणः “मूलभूत कुरामा थपघट वा केरमेट गरेको” भन्नाले विनिमेय अधिकारपत्रमा अर्कै अर्थ लाग्ने गरी वा विनिमेय अधिकारपत्रको रूप नै बदल्ने गरी वा सम्बन्धित पक्षहरूको दायित्वमा नै परिवर्नत आउने गरी थपघट वा केरमेट गर्ने कामलार्ई सम्झनुपर्छ ।