दफा ११
विनिमेय अधिकारयुक्त बहुविधिक ढुवानीपत्रबाट मालसामान हस्तान्तरण गर्न सकिने
: (१) दफा १० बमोजिम जारी भएको विनिमेय अधिकारयुक्त बहुविधिक ढुवानीपत्र बमोजिम बहुविधिक ढुवानी सञ्चालनकर्ता वा निजको एजेण्ट वा प्रतिनिधिले प्रापक वा निजको एजेण्ट तथा प्रतिनिधिलाई मालसामान हस्तान्तरण गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम मालसामान हस्तान्तरण भएकोमा रीतपूर्वक मालसामान हस्तान्तरण भएको मानिनेछ ।
तर विनिमेय अधिकारविहीन बहुविधिक ढुवानीपत्र जारी भएको अवस्थामा प्रेषकको लिखित अनुमति लिई त्यस्तो अनुमतिपत्रमा तोकिएको अन्य कुनै व्यक्तिलाई मालसामान हस्तान्तरण गर्न बाधा पर्ने छैन ।