दफा ९८
विनिमेयपत्र विभिन्न प्रतिहरूमा खिच्न सक्ने
एउटै विनिमेयपत्र विभिन्न प्रति बनाई खिच्न सकिनेछ । प्रत्येक प्रतिमा सङ्ख्या र अर्को प्रतिमा भुक्तानी नभएसम्म मात्र त्यसको भुक्तानी पाउने भन्ने सर्त सहितको वाक्यांश राखिनु पर्नेछ । सबै प्रति मिलेर विनिमेयपत्रको एक सेट बन्नेछ र सम्पूर्ण सेटलार्ई एउटै विनिमेयपत्र मानिनेछ । त्यस्तो सेटको कुनै प्रतिको स्वीकृति वा भुक्तानी भैसकेपछि बाँकी प्रतिको पनि स्वीकृति वा भुक्तानी भैसकेको मानिनेछ ।