दफा ७४क
विभागीय कारबाही र सजाय सम्बन्धी विशेष व्यवस्था
ः यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सो आयोगबाट र प्रचलित कानुन बमोजिम सम्बन्धित निकायले कुनै कर्मचारीलाई विभागीय कारबाही गर्न लेखी आएमा आवश्यक प्रक्रिया पुर्याई सोही बमोजिम विभागीय सजाय गर्नु पर्नेछ ।