दफा ११८
विभागीय सजायको आदेश उपर पुन विचार
: विभागीय सजायको आदेश गैरकानुनी, अन्यायपूर्ण वा बढी देखिन आएमा देहायका अधिकारीले पुन विचार गरी सो सजाय बदर, हेरफेर वा घटाउने आदेश दिन सक्नेछ ः-
(क) कमाण्डिङ्ग अधिकृतले दिएको सजायको हकमा त्यस्तो कमाण्डिङ्ग अधिकृतभन्दा कमाण्डमा उच्च भएको जुनसुकै अधिकृत,
(ख) अरू कुनै अधिकारीले दिएको सजायको हकमा नेपाल सरकार, प्रधान सेनापति वा प्रधान सेनापतिबाट तोकिएको अरू अधिकृत ।