दफा २५
विलम्ब शुल्क लाग्ने
: (१) तोकिएको अवधिभित्र कोषमा सुरक्षण शुल्क नबुझाउने सुरक्षित सदस्य संस्थालाई देहाय बमोजिम विलम्ब शुल्क लाग्नेछ :-
(क)    म्याद समाप्त भएको तीस दिनभित्र बुझाउन ल्याएमा सुरक्षण शुल्कको शुन्य दशमलव पाँच प्रतिशत,
(ख)    खण्ड (क) बमोजिमको म्याद समाप्त भएको तीस दिनभित्र बुझाउन ल्याएमा सुरक्षण शुल्कको एक प्रतिशत,
(ग)    खण्ड (ख) बमोजिमको म्याद समाप्त भएको पन्ध्र दिनभित्र बुझाउन ल्याएमा सुरक्षण शुल्कको दुई  प्रतिशत ।
 (२) उपदफा (१) को खण्ड (ग) मा तोकिएको अवधिभित्र पनि सुरक्षण शुल्क नबुझाउने सुरक्षित सदस्य संस्थालाई कोषले निक्षेप सङ्कलन गर्न रोक लगाउन नेपाल राष्ट्र बैङ्क समक्ष लेखी पठाउनु पर्नेछ र सोको जानकारी मन्त्रालयलाई दिनुका साथै त्यस्तो जानकारीको व्यहोरा राष्ट्रियस्तरको पत्रपत्रिकामा समेत प्रकाशन गर्नु पर्नेछ ।