नियम ५५
विवरण अभिलेख गर्नु पर्ने
(१) बाल कल्याण अधिकारीले वैकल्पिक हेरचाहको आवश्यकता भएका बालबालिकासँग सम्बन्धित देहाय बमोजिमको कागजात तथा विवरण अभिलेख गरी निजको व्यक्तिगत फाइलमा राखनु पर्नेछ:-

(क) ऐनको दफा ४द को उपदफा (१) को खण्ड (क) वा (ट) बमोजिमको अनाथ बालबालिकाको हकमा बाबुआमा दुवैको मृत्यु भएको अवस्थामा स्थानीय पञ्चीकाधिकारीबाट जारी मृत्यु दर्ता प्रमाणपत्र,

(ख, ऐनको दफा ४८ को उपदफा (१) को खण्ड (ख) बमोजिम अस्पतालमा बेवारिसे छाडिएका बालबालिकाको हकमा अस्पतालको पत्र र बालबालिकाको बाबुआमा खोजी गर्न जारी गरिएको सार्वजनिक सूचना तथा सोही खण्ड बमोजिम सार्वजनिक स्थानमा अलपत्र अवस्थामा छाडिएका वा फेला परेका बालबालिकाको हकमा सम्बन्धित प्रहरी कार्यालयको सिफारिस पत्र र बालबालिकाको बाबुआमा खोजतलास गर्न जारी ८ गरिएको सार्वजनिक सूचना,

(ग) ऐनको दफा ४८ को उपदफा (१) को खण्ड (ग) बमोजिमको बालबालिकाको हकमा स्थानीय तहको सिफारिस र गम्भीर अपाङ्गता:भएको प्रमाणपत्र,

(घ) ऐनको दफा ४८ को उपदफा (१) को खण्ड (घ) बमोजिमको बालबालिकाको हकमा सम्बन्धित अदालतको आदेश, फैसला वा पत्र,

(छ) ऐनको दफा ४८ को उपदफा (१)को खण्ड (ङ) बमोजिमको बालबालिकाको हकमा सम्बन्धित कारागारको पत्र र अभिभावकको सहमति,

तव) ऐनको दफा ४८ को उपदफा (१) को खण्ड (च) बमोजिमको बालबालिकाको हकमा सो सम्बन्धी उजुरी वा सो व्यहोरा प्रमाणित गर्ने बालकल्याण अधिकारीको पत्र र बालकल्याण अधिकारी समक्ष परेको निवेदन,

तछ)। ऐनको दफा ४८ को उपदफा (१)को खण्ड (छ) बमोजिमको बालबालिकाको हकमा ऐनको दफा ६२ को उपदफा (२) बमोजिम नियुक्त समाजसेवीको प्रतिवेदन र बालकल्याण अधिकारी समक्ष परेको निवेदन,

(ज) बालबालिकाको पारिवारिक : विवरण, सम्पत्तिको विवरण, . शिक्षा तथा स्वास्थ्यसँग सम्बन्धित कागजात तथा प्रमाणपत्र,

(झ) वेकल्पिक हेरचाह गर्ने ऐनको दफा ४९ को उपदफा (२) बमोजिमका नातेदार, परिवार, व्यक्ति, परिवारमा आधारित हेरचार गर्ने संस्था वा बालगृहको विवरण,

(न) नियम ५४ बमोजिमको बाल कल्याण अधिकारीको निर्णय तथा समाजसेवीको राय ।

(२) वैकल्पिक हेरचाहको व्यवस्था गर्दा बालकल्याण अधिकारीले बालबालिकाको जन्मदर्ता नभएको भएमा निजको जन्मदर्ता गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

(३) ८ वैकल्पिक हेरचाहका लागि पठाइएका बालबालिकाको व्यक्तिगत फाइल सम्बन्धित स्थानीय तहले अभिलेख गर्नु पर्नेछ ।