नियम ७
विवरण परिवर्तन भएमा जानकारी गराउनु पर्ने
(१) नियम ४ को उपनियम (१) बमोजिम नाम दर्ता भएको गैर आवासीय नेपालीको नाम दर्ताको लागि दिएको निवेदनमा संलग्न विवरणमा कुनै परिवर्तन भएमा त्यस्तो गैर आवासीय नेपालीले सो कुराको जानकारी तीन महिनाभित्र नियोग प्रमुख वा सचिवलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त जानकारी नियोग प्रमुख वा सचिवले नियम ४ को उपनियम (१) बमोजिम खडा गरिएको अभिलेखलाई अद्यावधिक गरी राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त जानकारी नियोग प्रमुख वा सचिवले नियम ४ को उपनियम (१) बमोजिम खडा गरिएको अभिलेखलाई अद्यावधिक गरी राख्नु पर्नेछ ।