नियम १६
विवरण पेश गर्ने
(१) खर्च गर्ने निकायको प्रमुखले निकासा रकमबाट भएको खर्च र उपलब्धिको मासिक विवरण तयार पारी प्रत्येक महिना कल्याणकारी योजना निर्देशनालयमा पठाउनु पर्नेछ ।
(२) खर्च गर्ने निकायले वार्षिक प्रगति विवरण तयार पारी आर्थिक वर्ष समाप्त भएको पन्ध्र दिनभित्र कल्याणकारी योजना निर्देशनालयमा पठाउनु पर्नेछ ।
(३) ऐनको दफा ३३ बमोजिमको वार्षिक प्रतिवेदन समितिले रक्षा मन्त्रालयमा समेत पेश गर्नु पर्नेछ ।