नियम ३१
विवादको समाधान गर्ने कार्यविधि
(१) मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था वा स्थानीय निकायद्वारा बनाइएको नियमावली वा अपनाएको कार्यविधि बमोजिम विवाद समाधान गर्न पक्षहरु सहमत भएमा मेलमिलापकर्ताले सोही नियमावली वा कार्यविधि बमोजिम विवादको समाधान गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको नियमावली वा कार्यविधि अनुरुप विवाद समाधान गर्न पक्षहरु सहमत नभएमा विवादको प्रकृति समेतलाई ध्यान दिई पक्षहरुको सहमतिमा मेलमिलापकर्ताबाट उपयुक्त ठानिएको कार्यविधि बमोजिम नै विवादको समाधान गरिनेछ ।
(३) मेलमिलापकर्ताले मेलमिलापको लागि छलफल हुने मिति, स्थान र समय पक्षसँग परामर्श गरी निर्धारण गर्नेछ ।
(४) उपनियम (१) वा (२) बमोजिमको नियमावली वा कार्यविधिको अधीनमा रही पक्षहरुले मेलमिलापकर्ताद्वारा तोकेको पहिलो दिन आफुहरु बीच कुन कुरामा मतभेद भएको हो र कुन कुरा गराई पाउन चाहेको हो सो कुरा मेलमिलापकर्ता समक्ष लिखित रुपमा पेश गर्नु पर्नेछ र त्यस्को एक प्रति अर्को पक्षलाई समेत दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम दावी वा जिकिर पेश गर्न पक्षहरुले समय माग गरेमा मेलमिलापकर्ताले पक्षलाई बढीमा पन्ध्र दिनको समय दिनु पर्नेछ ।
(६) यस नियम बमोजिम दावी वा जिकिर पेश गर्दा सो विवाद सम्बन्धी सबै लिखत तथा त्यसलाई समर्थन वा खण्डन गर्ने कुनै सबुत प्रमाण भए सो समेत पेश गर्नु पर्नेछ ।
(७) पक्षहरुले कुनै कुरा सो विवादसँग जानकार कुनै व्यक्तिद्वारा प्रमाणित गराउन चाहेमा मेलमिलापकर्ताले तोकेको दिन त्यस्तो व्यक्तिलाई सम्बन्धित पक्ष आफैले मेलमिलापकर्ता समक्ष उपस्थित गराउनु पर्नेछ ।
(८) मेलमिलापकर्ताले यस नियम बमोजिम मेलमिलाप सम्बन्धी प्रक्रिया अवलम्बन गर्दा पक्षहरुको सहमति लिई ऐनको दफा १५ को उपदफा (५) तथा नियम २३ को उपनियम (२) र ( ३) बमोजिमको कार्यविधि आवश्यक हेरफेर सहित लागू गर्न सक्नेछ ।