दफा ८८ख
विशेष प्रशासन समूहको गठन सम्बन्धि व्यवस्था
(१) दफा ८८क. बमोजीम कुनै वाणिज्य बैंकवा वित्तीय संस्थाको फरफारखको कार्य अगाडी निर्णय भएमा बैङ्कले सो प्रयोजनका लागी तोकिए बमोजिमको योग्यता पुगेका व्यक्तिहरु मध्येबाट बढीमा तीन जना व्यक्ति रहेको विशेष प्रशासन समूह गठन गरी सो मार्फत सम्बन्धित वाणिज्य बैंकवा वित्तीय संस्थालाइृ आफ्नो नियन्तणमा लिई फरफारखको कार्य अगाडी सक्नेछ । (२) बैङ्कले विशेष प्रशाषन समूहका सबै वा कुनै सदस्यको काम सन्तोषजनक नभएमा निजलाई तोकिए बमोजिम पदमुक्त गर्न सक्नेछ । (३) उपदफा (२) बमोजीम पदमुक्त गर्नु अघि निजलाई मनासिब माफिकको समय दिई सुनुवाइको मौका दिनु पर्नेछ। (¬४) बैङ्कले फरफारख सम्बन्धि कार्य सम्पन्न नहुँदै विशेष प्रशाषन समूहका सदस्यलाई पदमुक्त गरेमा सो स्थानमा तोकिए बमोजिमको योग्यता पुगेका व्यक्तिलाई बाँकी अवधिका लागि नियुक्त गर्न सक्नछ । (५) विशेष प्रशाषन समूहका सदस्यको पारिश्रमिक कार्य सम्पादनसँग आबद्द हुने गरी तोकिए बमोजीम हुनेछ।