(१) देहायका सदस्यहरू भएको एउटा विश्वविद्यालय सभा हुनेछः–
(क) कुलपति –अध्यक्ष
(ख) सह–कुलपति –उपाध्यक्ष
(ग) उप–कुलपति –सदस्य
(घ) …………….
(ङ) … … …
(च) राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा सम्बन्धी हेर्ने) – सदस्य
(छ) उप–कुलपति, त्रिभुवन विश्वविद्यालय – सदस्य
(ज) उपकुलपति, नेपाल प्रज्ञा प्रतिष्ठान –सदस्य
(झ) उपकुलपति, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान –सदस्य
(ञ) शिक्षाध्यक्ष –सदस्य सचिव
(ट) विश्वविद्यालयहरूका भू.पू. उप–कुलपति मध्येबाट एक जना –सदस्य
(ठ) सचिव, शिक्षा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय –सदस्य
(ड) सचिव, अर्थ मन्त्रालय –सदस्य
(ड१) अध्यक्ष, विश्वविद्यालय अनुदान आयोग –सदस्य
(ढ) अध्यक्ष, गुठी संस्थान –सदस्य
(ण) कुल–सचिव सदस्य
(त) कार्यकारी निर्देशक, नेपाल संस्कृत विश्वविद्यालय, अनुसन्धान केन्द्र –सदस्य
(थ) प्राचार्यहरू मध्येबाट एक जना –सदस्य
(द) नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत विद्यापीठ प्राध्यापक संघ इकाईका सभापति र सचिवको निर्वाचक मण्डलद्वारा समानुपातिक एकल संक्रमणीय मतका आधारमा निर्वाचित शिक्षकहरुमध्य कम्तीमा एकजना महिला सहिततीन जना –सदस्य
स्पष्टीकरणः यस खण्ड अनुसार निर्वाचनमा उम्मेदवार हुन चाहने शिक्षक कम्तीमा विश्वविद्यालयको स्थायी सेवामा पन्ध्र वर्ष कार्यरत भएको हुनु पर्दछ । यो स्पष्टीकरणको प्रयोजनको लागि विश्वविद्यालयको स्थायी सेवा भन्नाले नेपालका अन्य विश्वविद्यालयमा गरेको स्थायी सेवालाई समेत जनाउंछ ।
(द१) नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघको प्रतिनिधि एकजना – सदस्य
(ध) शिक्षाविद्हरूमध्येबाट एक जना –सदस्य
(न) संस्कृतका प्रतिष्ठित विद्वानहरूमध्येबाट एक जना –सदस्य
(प) नेपाल प्राध्यापक संघको प्रतिनिधि एक जना –सदस्य
(फ) नेपाल संस्कृत विश्वविद्यालयका कर्मचारी संघको प्रतिनिधि एक जना –सदस्य
(ब) चन्दादाताहरू मध्येबाट एक जना –सदस्य
(भ) प्रतिष्ठित समाजसेवी एक जना –सदस्य
(म) नेपाल संस्कृत विश्वविद्यालयका स्वतन्त्र विद्यार्थी युनियनका सभापतिहरूमध्येबाट एक जना –सदस्य
(२) निर्वाचित र पदेन सदस्यहरू बाहेक सभाका अन्य सदस्यहरूको मनोनयन कार्यकारी परिषद्को सिफारिसमा कुलपतिबाट हुनेछ ।
(३) विद्यार्थी प्रतिनिधिको पदावधि एक वर्षको हुनेछ र पदेन सदस्य वाहेक अन्य सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ ।
(४) सभाको अध्यक्षता गर्ने व्यक्तिले सभाको बेठकको निर्णय प्रमाणित गर्नेछ ।