दफा ३१
विश्वविद्यालयको कोष

(१) विश्वविद्यालयको आफ्नो एउटा छुटृै कोष हुनेछ र सो कोषमा देहायका रकमहरु रहनेछन्ः–

(क) नेपाल सरकारबाट प्राप्त सहयोग वा अनुदान रकम,

(ख) कुनै व्यक्ति वा संस्थाले चन्दा, दान, दातव्य र आर्थिक सहायता स्वरुप प्रदान गरेको रकम,

(ग) उद्योग, व्यापार व्यवसायसंग सम्बद्ध व्यक्ति वा संस्थाबाट प्राप्त सहयोग एवं अनुदानको रकम,

(घ) गाउँपालिका वा नगरपालिकाबाट प्राप्त सहयोग एवं अनुदानको रकम,

(ङ) अन्तर्राष्ट्रिय संघ, संस्था, विदेशी सरकार वा एजेन्सी वा वित्तीय सस्थाहरुबाट प्राप्त सहयोग एवं ऋणको रकम,

(च) शुल्क वा अन्य कुनै श्रोतबाट प्राप्त रकम ।

(२) उपदफा (१) को खण्ड (ङ) बमोजिम विश्वविद्यालयले कुनै रकम प्राप्त गर्दा नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।

(३) विश्वविद्यालयको कोषको रकम तोकिएको बैंकमा खाता खोली जम्मा गरिनेछ र विश्वविद्यालयको कोष र खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ ।

(४) विश्वविद्यालयको सबै खर्चहरु उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।