दफा ३
विश्वविद्यालयको स्थापना
(१) खुला शिक्षा प्रणालीद्वारा विभिन्नविषयमा उच्चस्तरीयअध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने, गराउने काम समेतको लागि नेपाल खुला विश्वविद्यालय स्थापना गरिएको छ । (२) विश्वविद्यालयको केन्द्रीय कार्यालय नेपाल सरकारले नेपाल राजपत्रमासूचना प्रकाशन गरी तोकिदिएको नेपालको कुनै स्थानमा रहनेछ । (३) विश्वविद्यालयले नेपालभित्र र आवश्यकता अनुसार नेपाल बाहिर पनि आफ्नोे कार्यक्रम सञ्चालनगर्न सक्नेछ ।