नियम १२
विषय समितिको गठन
 
(१) ऐनको दफा १२ को प्रयोजनको लागि स्वास्थ्य व्यवसाय 
अन्तर्गत देहाय बमोजिमका विषय समितिहरू रहने छन् ः-
(क) जनस्वास्थ्य समिति
(ख) चिकित्सा समिति
(ग) चिकित्सा विज्ञान प्रयोगशाला समिति
(घ) रेडियोलोजी समिति
(ङ) भौतिक चिकित्सा तथा पुन स्थापना समिति
(च) आयुर्वेद समिति
(छ) दन्त विज्ञान समिति
(ज) नेत्र विज्ञान समिति
(झ) विविध समिति
(२) उपनियम (१) बमोजिम गठित समितिहरू अन्तर्गत रहने विषयहरू परिषद्ले
तोके बमोजिम हुनेछ ।
(३) उपनियम (१) बमोजिमका विषय समितिहरूमा देहाय बमोजिमका संयोजक
तथा सदस्यहरू रहने छन् ः-
(क) विषयसँग सम्बन्धित सदस्यहरूमध्येबाट
परिषद्ले तोकेको एकजना – संयोजक 
(ख) सम्बन्धित विषय अध्ययन अध्यापन गराइने
शिक्षण संस्थाबाट परिषद्ले तोकेको कम्तीमा
उप–प्राध्यापक स्तरको एकजना – सदस्य 
(ग)
(ग१) 
सम्बन्धित विषयका विशेषज्ञहरू मध्ये परिषद्ले तोकेको विशेषज्ञ एकजना
परीक्षा सञ्चालन सम्बन्धमा अनुभव भएका व्यक्तिहरु मध्येबाट परिषद्ले तोकेको एकजन– सदस्य 
– सदस्य (घ) रजिष्ट्रार – सदस्य–सचिव