दफा १९
वैज्ञानिक निकायको काम, कर्तव्य र अधिकार
: यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त वैज्ञानिक निकायको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) नेपाल सरहदभित्र पाइने सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिको अस्तित्वको अवस्था बारेमा नियमित रुपमा अध्ययन अनुसन्धान गरी  व्यवस्थापन निकायलाई आवश्यक परामर्श प्रदान गर्ने र त्यस्तो अध्ययन अनुसन्धानको सम्बन्धमा आवश्यकता अनुसार प्रतिवेदन प्रकाशन गर्ने,
(ख) सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको स्वस्थताको प्रमाणपत्र जारी गर्ने,
(ग) सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिका प्रजातिहरुबारे व्यवस्थापन निकायलाई आवश्यकता अनुसार सल्लाह वा परामर्श उपलव्ध गराउने,
(घ) विभिन्न प्रजातिका सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिको परिचय, पहिचान र वर्गिकरणबारे निर्णय गर्ने,
(ङ) महासन्धिमा सूचीकृत सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिका प्रजातिहरुको वैज्ञानिक तथा प्राविधिक विषयमा प्रचार प्रसार गर्ने वा गराउने,
(च) सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिको संरक्षणका लागि महासन्धिसँग सम्बन्धित विभिन्न निकाय बीच समन्वय गर्ने, र
(छ) तोकिए बमोजिमका अन्य कार्य गर्ने ।