नियम १४३
वैतनिक कानून व्यवसायीको नियुक्ति
(१) आफूले कानून व्यवसायी राख्न नसक्ने असहाय, अशक्त, नाबालक, आर्थिक रूपमा विपन्न वा थुनामा रहेका व्यक्तिलाई कानूनी सहायता उपलब्ध गराउन अदालतमा आवश्यक सङ्ख्यामा वैतनिक कानून व्यससायी रहनेछन् ।
(२) वैतनिक कानून व्यवसायीको छनौट खुल्ला प्रतिस्पर्धाका आधारमा गरिनेछ ।
(३) उपनियम (२) बमोजिम वैतनिक कानून व्यवसायी छनौट गर्न सम्बन्धित अधिकारीले कम्तीमा पन्ध्र दिनको म्याद दिई इच्छुक कानून व्यवसायीबाट दरखास्त आह्वान गर्न सार्वजनिक सूचना प्रकाशन गर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्रकाशित सूचनाको म्यादभित्र दरखास्त दिने व्यक्तिमध्येबाट अन्तरवार्ता लिई वैतनिक कानून व्यवसायीको पदमा उपयुक्त व्यक्ति छनोट गरिनेछ ।
(५) उपनियम (४) बमोजिम छनौट भएको व्यक्तिलाई रजिस्ट्रारले वैतनिक कानून व्यवसायीको रूपमा नियुक्ति गर्नेछ ।
(६) वैतनिक कानुन व्यवसायी सम्बन्धी अन्य व्यवस्था निर्देशिका बनाई व्यवस्थित गर्न    सकिनेछ  ।