नियम ३३
व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र पाउनको लागि आवश्यक योग्यता
व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र पाउनको लागि देहाय बमोजिमको योग्यता पूरा गरेको हुनु पर्नेछस
(क) एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिमको शैक्षिक योग्यता, उमेर र अन्य योग्यता प्राप्त गरेको,
(ख) नियम ३४ बमोजिम स्वास्थ्य योग्यता भएको,
(ग) नियम ३६ बमोजिम प्राधिकरणबाट लिईएको योग्यता सम्बन्धी परीक्षा उत्तीर्ण गरेको ।