नियम ३९
व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्रको नवीकरण सम्बन्धी व्यवस्था

(१) नियम ३८ बमोजिम उल्लेख भएको अवधि समाप्त भएका ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्रको नवीकरणको लागि महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिंदा त्यस्ता व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र नवीकरण वापत अनुसूची–१ बमोजिमको शुल्क समेत बुझाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम दिइने दरखास्तको ढाँचा र व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र नवीकरण सम्बन्धी अन्य कार्यविधि एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।