दफा १७
व्यक्तिलाई उपस्थित गराउ व्यक्तिलाई उपस्थित गराउँदा विशेष व्यवस्था मिलाउनु पर्ने
(१) दफा १५ बमोजिम गरिएको अनुरोध अनुसार पारस्परिक कानूनी सहायताको सिलसिलामा कुनै व्यक्ति नेपाल आउने भएमा केन्द्रीय अधिकारीले विदेशी राज्यको आधिकारिक निकायसँग समन्वय गरी त्यस्तो व्यक्तिको नेपाल आगमन र प्रस्थानको उचित प्रबन्ध मिलाउनु पर्नेछ ।
(२) पारस्परिक कानूनी सहायताको सिलसिलामा उपस्थित हुन आएको व्यक्ति सम्बन्धित विदेशी मुलुकको कानून बमोजिम थुनामा रहेको भए नेपालमा पनि थुनामा राखी न्यायिक सहयोग प्राप्त गर्नु पर्नेछ ।