दफा ८८
व्यवस्थापन परीक्षण
लोक सेवा आयोगको कार्यक्षेत्र भित्रका विषयहरूबाहेक सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयको विभिन्न निकायहरूमा कार्यरत कर्मचारीले यो ऐन र यस ऐन अन्तरगत बनेका नियमहरूतथा अन्य प्रशासकीय नियम र कार्यविधिहरू पालन गरे नगरेको सम्बन्धमा सुपरिवेक्षण, अनुगमन र मूल्यांकन गरी निर्देशन दिने र त्यसरी सुपरिवेक्षण गर्दा कुनै कर्मचारी उपर विभागीय कारबाही गर्नु पर्ने देखिएमा सो समेतको सिफारिस गर्न सक्नेछ र सो को वार्षिक प्रतिवेदन नेपाल सरकरामा पेश गर्नेछ ।