नियम १६
व्यहोर्ने योगदान रकम
: (१) कार्यक्रममा आबद्धताको लागि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले व्यहोर्ने योगदान रकम देहाय बमोजिम हुनेछ :-

(क) प्रचलित कानून बमोजिम अति गरिबको परिचयपत्र प्राप्त परिबारको योगदान रकमको शतप्रतिशत,

(ख) अति अशक्त अपाङ्गता, कुष्ठरोगी, एच.आई.भी. सङ्क्रमित, जटिल खालका क्षयरोग (एम.डि.आर.टि.बि.) बिरामी भएकाको परिवारको योगदान रकमको शतप्रतिशत,

(ग) सत्तरी वर्ष उमेर पुगेका जेष्ठ नागरिकको योगदान रकमको शतप्रतिशत,

(घ) महिला स्वास्थ्य स्वयंसेविका संलग्न भएको परिवारको योगदान रकमको पचास प्रतिशत ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश सरकार वा स्थानीय तहले नेपाल सरकारबाट अनुदान-प्रास गरी वा आफ्नै स्रोतबाट आर्थिक रुपले विपन्न तथा गरिब लगायतका लक्षित वर्गको लागि स्वास्थ्य बीमा कार्यकम सञ्चालन गरेको अवस्थामा सोको लागि नेपाल सरकारले थप योगदान रकम व्यहोर्ने छैन।