दफा १७
शत्रुजीव जोखिम विश्लेषण
– (१) सङ्गठनले शत्रुजीव जोखिम विश्लेषण गरी नियमित शत्रुजीव निर्धारण गर्नेछ ।
(२) उपदफा (१) बमोजिम निर्धारण गरिएको नियमित शत्रुजीवको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न सङ्गठनले मन्त्रालय समक्ष सिफारिस सहित पठाउनेछ र मन्त्रालयले त्यसरी प्राप्त भएपछि त्यस्तो सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नेछ ।