नियम १६
शिकार गाइड अनुज्ञापत्र ९लाइसेन्स १ सम्बन्धित
: जिल्ला वन नियन्त्रकले देहायको आधारमा कुनै व्यक्तिलाई अनुसूची (१ बमोजिमको दस्तुर लिई शिकार गाइड अनुज्ञापत्र दिन सक्नेछ र त्यसरी शिकार गाइड अनुज्ञापत्र दिने अधिकारीले त्यस्तो अनुज्ञापत्रको एकप्रति प्रमुखकहाँ पठाउनु पर्नेछ ।
(क) दरखास्तवाला आफूले काम गर्न चाहेको क्षेत्रभित्रको वन्यजन्तु वा पंक्षी शिकार सित परिचित छ भन्ने लागेमा,
(ख) दरखास्तवाला ऐन र ऐन अन्तर्गत बनेका नियमहरूको जानकार हुनुका साथै शिकार गाइडको काम गर्न सक्षम छ भन्ने लागेमा ।
२ उपनियम १ बमोजिम शिकार गाइड अनुज्ञापत्र प्राप्त व्यक्तिले अनुज्ञापत्रमा तोकिएको जिल्ला वा जिल्लाहरुमा मात्र शिकारीहरूलाई गाइड गर्ने काम गर्न पाउनेछ ।
३ प्रमुखले वा नेपाल सरकारले सो कामको लागि तोकिदिएको कुनै अधिकृतले आवश्यक देखेमा उपनियम१ बमोजिम शिकार गाइड अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले पालन गर्नु पर्ने थप शर्त र बन्देजहरु तोकिदिन सक्नेछ र यस्तो अनुज्ञापत्र प्राप्त व्यक्तिले आत्मरक्षा र शिकार अनुज्ञापत्र प्राप्त गर्नेले घाईते बनाएको वन्यजन्तुलाई भाग्नबाट रोक्नको लागि बाहेक कुनै अवस्थामा पनि कुनै वन्यजन्तुको शिकार गर्न पाउने छैन ।