दफा १७
शिक्षाध्यक्ष

(१) विश्वविद्यालयको शिक्षाध्यक्षको नियुक्ति उप–कुलपतिको सिफारिशमा कुलपतिबाट एक पटकमा चार वर्षको लागि हुनेछ ।

(२) शिक्षाध्यक्ष पूरा समय काम गर्ने वैतनिक पदाधिकारी हुनेछ ।

(३) शिक्षाध्यक्षको अनुपस्थितिमा शिक्षाध्यक्षको काम चलाउन कुलपतिले कुल–सचिवलाई नियुक्त गर्नेछ ।

(४ ) शिक्षाध्यक्षले सभाको निर्णय बा आदेशलाई अभिलेख गरी राख्नु पर्नेछ । सो निर्णय वा आदेशको एक प्रति कुलपति समक्ष पठाउनु पर्नेछ।

(५) विश्वविद्यालयको शैक्षिक प्रशासन शिक्षाध्यक्षको रेखदेखमा रहनेछ ।

(६) शिक्षाध्यक्षको अन्य काम, कर्तव्य र अधिकार तथा निजको पारिश्रमिक र सेवाका शर्त तोकिएबमोजिम हुनेछ ।