नियम ४७
शैक्षिक योग्यता
: (१) बढुवाका लागि सशस्त्र प्रहरी कर्मचारीलाई निजले हासिल गरेको शैक्षिक योग्यता वापत देहाय बमोजिम बढीमा सात अङ्क दिईनेछः–
शैक्षिक योग्यता प्रथम श्रेणी द्वितीय श्रेणी तृतीय श्रेणी
(क) हाल बहाल रहेको पदको लागि निर्धारित न्यूनतम शैक्षिक योग्यता वापत ६ ५.५ ५
(ख) न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो तहको शैक्षिक योग्यता वापत थप १ ०.७५ ०.५०
(ग) खण्ड (क) बमोजिमको शैक्षिक योग्यता नहुने सशस्त्र प्रहरी कर्मचारीको हकमा एक तह मुनिको शैक्षिक योग्यता वापत ३ २.५ २
(२) श्रेणी नखुलेको प्रमाणपत्रका हकमा विश्वविद्यालयले निर्धारण गरेको स्तर अनुसार श्रेणी कायम गरी र सो नभएमा द्वितीय श्रेणी सरहको अङ्क दिईनेछ ।
(३) सशस्त्र प्रहरी उपरीक्षक वा सो भन्दा माथिको पदमा बढुवाको लागि शैक्षिक योग्यताको अङ्क गणना गर्दा खुल्ला प्रतियोगिताद्वारा लिईने सशस्त्र प्रहरी निरीक्षक पदका निमित्त आवश्यक पर्ने शैक्षिक योग्यतालाई नै न्यूनतम शैक्षिक योग्यता मानिनेछ ।
(४) शैक्षिक योग्यता साधारण लेखपढ तोकिएको पदमा नियुक्त भएको सशस्त्र प्रहरी कर्मचारीको हकमा सशस्त्र प्रहरी वरिष्ठ नायब निरिक्षकसम्मको बढुवाको लागि शैक्षिक योग्यताको अङ्क गणना गर्दा एस.एल.सी. वा सो भन्दा मुनिको जुनसुकै योग्यतालाई न्यूनतम शैक्षिक योग्यता मानी सो वापत द्वितीय श्रेणी सरहको अङ्क दिइनेछ ।