दफा २५
संघमा संलग्नता
(१) परिषद्का बहालवाला सदस्य-सचिव, कर्मचारी तथा प्रशिक्षक खेल संघको कुनै पदमा रहनु हुँदैन ।
(२) उपदफा (१) विपरीत परिषद्का बहालवाला सदस्य-सचिव, कर्मचारी तथा प्रशिक्षक खेल संघको कुनै पदमा रहेको प्रमाणित भएमा त्यस्तो संघले वैधता प्राप्त गर्न सक्ने छैन र त्यस्ता सदस्य-सचिव, कर्मचारी तथा प्रशिक्षकलाई प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।