नियम १९
संयुक्त राष्ट्र संघबाट हुने सोधभर्ना सम्बन्धी अभिलेख
कोषबाट खरिद भएको सामान उपकरण आदिको अभिलेख राख्ने र संयुक्त राष्ट्र संघबाट आउनु पर्ने सोधभर्नाको हिसाब आए वा नआएको यकीन गर्न सकिने गरी शान्ति सेना सञ्चालन निर्देशनालयले अद्यावधिक अभिलेख खडा गरी राख्नु पर्नेछ र सोको विवरण नियमित रूपमा कल्याणकारी योजना निर्देशनालयलाई उपलब्ध गराउनु पर्नेछ ।