नियम ५६
संरक्षकलाई हस्तान्तरण गर्ने
(१) वैकल्पिक हेरचाहको आवश्यकता भएका बालबालिकालाई अदालतले संरक्षक तोकेमा अदालतले तोकेको संरक्षकलाई बालकल्याण अधिकारीले बालबालिका हस्तान्तरण गर्नु पर्नेछ । (२) उपनियम (१) बमोजिम बालबालिका हस्तान्तरण गर्दा निज बालबालिकासँग सम्बन्धित नियम ५५ बमोजिमका कागजात तथा विवरणको एकप्रति सोही उपनियम : बमोजिम तोकिएको संरक्षकलाई दिनु पर्नेछ ।