दफा
संरक्षित जलाधार क्षेत्र घोषित गर्न सक्ने

१) भू तथा जलाधार संरक्षणको लागि आवश्यक देखेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नेपाल ……………..को कुनै क्षेत्रलाई चार किल्ला खुलाई संरक्षित जलाधार क्षेत्र घोषित गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम घोषित संरक्षित जलाधार क्षेत्रको सीमाना आवश्यकता अनुसार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी हेरफेर गर्न सक्नेछ ।