दफा
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “संरक्षित जलाधार क्षेत्र” भन्नाले दफा ३ अन्तर्गत घोषित संरक्षित जलाधार क्षेत्र सम्झनु पर्छ ।

(ख) “भू तथा जलाधार संरक्षण” भन्नाले बाढी, पैह्रो, भू–क्षय जस्ता प्राकृतिक प्रकोपबाट कुनै क्षेत्रलाई नष्ट हुनबाट रोक्ने वा बचाउने तथा पानीको आयतन र बहावलाई सामान्य स्थितिमा राख्ने वा पानीको बहावलाई धमिलो हुन नदिई स्वच्छता बनाई राख्ने कार्य सम्झनु पर्छ ।

(ग) “भू–उपयोगिता प्रणाली (लैण्ड यूज सिस्टम)” भन्नाले जग्गाको उर्वरा शक्ति बनाई राख्ने भौतिक तथा रासायनिक गुणहरुलाई कमजोर नपार्ने वा नष्ट हुन नदिने वा कायम रहने किसिमले खेती वा अन्य कार्य गरी त्यस्तो जग्गाको दीर्घकालीन उपयोग गर्ने प्रक्रियालाई सम्झनु पर्छ ।

(घ) “विभाग” भन्नाले भू तथा जलाधार संरक्षण विभाग सम्झनु पर्छ ।

(ङ) “जलाधार संरक्षण अधिकृत” भन्नाले दफा १९ बमोजिम नियुक्त वा तोकिएको अधिकृत सम्झनु पर्छ ।

(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।