दफा
संस्थागत व्यवस्था

६. संस्थागत व्यवस्था

६.१. लागू आषध नियन्त्रण कार्यलाई सक्षम र प्रभावकारी तुल्याउन मार्गदर्शन प्रदान गर्न, समन्वय र सामन्जस्य कायम गर्न तथा
अनुगमन र मूल्याङ्कन गर्न एक उच्च स्तरीय लागुऔषध नियन्त्रण राष्ट्रिय निर्देशन तथा समन्वय समिति रहनेछ । उक्त समितिको स्वरुप देहाय बमोजिम हुनेछ ः

१. माननीय गृह मन्त्री अध्यक्ष
२. सचिव, गृह मन्त्रालय सदस्य
३ सचिव, अर्थ मन्त्रालय
४. सचिव, परराष्ट्र मन्त्रालय सदस्य
५. सचिव, सूचना तथा सञ्चार मन्त्रालय सदस्य
६. सचिव, शिक्षा तथा खेलकुद मन्त्रालय सदस्य
७. सचिव, महिला वालबालिका तथा समाज कल्याण मन्त्रालय सदस्य
८. सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सदस्य
९. सचिव, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय सदस्य
१० सचिव, राष्ट्रिय योजना आयोगको सचिवालय सदस्य
११. प्रहरी महानिरीक्षक, प्रहरी प्रधान कार्यालय सदस्य
१२. प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग सदस्य
१३. प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ८ जना (कम्तीमा तीन जना महिला प्रतिनिधि रहने गरी) सदस्य
१४. मुख्य लागुऔषध नियन्त्रण अधिकारी सदस्य(सचिव
६.२ लागुऔषध नियन्त्रण सम्बन्धी कार्यक्रमको कार्यान्वयनलाई प्रभावकारी समन्वय र सामन्जस्यता कायम गराई कृयाकलापको अनुगमन तथा मूल्याङ्कन गरी कार्यान्वयन स्तरका समस्याको समाधान तथा निराकरण गर्ने जिम्मेवारी वहन गर्ने गरी देहायको लागुऔषध नियन्त्रण कार्यकारी समिति रहनेछ

१. सचिव, गृह मन्त्रालय संयोजक
२ सह–सचिव, शिक्षा तथा खेलकुद मन्त्रालय सदस्य
३. सह–सचिव, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय सदस्य
४. सह–सचिव, कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालय सदस्य
५. महानिर्देशक, भन्सार विभाग सदस्य
६. निर्देशक,औषधी व्यवस्था विभाग सदस्य
७. निर्देशक, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र सदस्य
८. प्रहरी नायव महानिरीक्षक, प्रहरी प्रधान कार्यालय सदस्य
९. प्रतिनिधि, नेपाल प्रत्रकार महासंघ सदस्य
१० प्रतिनिधि, गैर सरकारी संस्था –३ जना (कम्तिमा १ जना महिला प्रतिनिधि हुनेगरी) सदस्य
११. मुख्य लागुऔषध नियन्त्रण अधिकारी सदस्य–सचिव

६.३ लागुऔषध रोकथाम तथा नियन्त्रणको क्षेत्रमा व्यापक स्तरमा सचेतना र जागरणका कार्यक्रम संचालन गराउन, उपचारात्मक तथा मानवीय सेवाको गुणस्तरीय प्रवाह गराउन, आवश्यक मानव संसाधनको विकास गर्न, व्यापक सहभागितात्मक र स्वायत्त संस्थाका रुपमा राष्ट्रिय लागुऔषध माग घटाउ अभियान  को व्यवस्था गरिनेछ ।

६.४. हालको लागुऔषध नियन्त्रण कानून कार्यान्वयन इकाईको मौजुदा स्वरुप र क्षमतालाई समय सापेक्ष रुपमा सुदृढ र सक्षम तुल्याई यसलाई विशेिशकृत संयन्त्रका रुपमा नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत ूलागुऔषध नियन्त्रण ब्यूरो स्थापना गरिनेछ । साथै यस
ब्यूरोमा विशेष कार्यटोलीमा संलग्न हुने नेपाल प्रहरीका कर्मचारीहरुको विशिष्टीकृत सेवा संचालन गर्ने व्यवस्था मिलाइनेछ ।