दफा ८
संस्थानको कोष
(१) देहायका रमकहरुको एउटा संस्थान कोष हुनेछ र संस्थानको तर्फबाट खर्च गर्नु पर्ने सबै रकमहरु सोही कोषबाट बेहोरिनेछ :-
(क) नेपाल सरकार वा अरु कसैले संस्थानलाई अनुदान स्वरुप दिएको रकम, र
(ख) संस्थानको जायज्यथा वा कारोवार वा ऋणबाट संस्थानलाई प्राप्त भएको सबै रकमहरु ।
(२) संस्थानको सबै नगदी “संस्थान कोष” नामको खातामा नेपाल राष्ट्र बैङ्क भएको ठाउँमा सो बैङ्कमा र सो बैङ्क नभएको ठाउँमा अरु कुनै स्थानीय बैङ्कमा राखिनेछ ।