दफा
संस्थानको पूँजी, शेयर र शेयर होल्डरहरु
(१) प्रत्येक संस्थानको अधिकृत पूँजी नेपाल सरकाले
निर्धारण गरे बमोजिम हुनेछ ।
(२) संस्थानको कूल पूँजीमा कम्तीमा एकाउन्न प्रतिशत शेयर नेपाल सरकारले लिनेछ र
बढीमा पच्चीस प्रतिशत शेयर संस्थानका कर्मचारीलाई तोकिए बमोजिम बिक्री गरिनेछ । बाँकी
रहेको शेयर सर्वसाधारलाई बिक्री गरिनेछ । कर्मचारीले खरिद गरेको शेयर निजले संस्थानको
सेवामा रहुञ्जेल सुक्री बिक्री गर्न पाउने छैन ।
(३) प्रत्येक शेयर अविभाज्य हुनेछ ।
(४) साधारतः संस्थानका कर्मचारीहरु बाहेक कुनै ब्यक्ति वा कम्पनीलाई तोकिएको
प्रतिशत भन्दा बढी शेयर दिनमा प्रतिबन्ध लगाउन सकिनेछ ।
(५) संस्थानको शेयर होल्डरको दायित्व सीमित हुनेछ ।