अनुसूची
(दफा २८ सँग सम्बन्धित)
इमान्दारी र गोपनीयताको प्रतिज्ञा
म …………… प्रतिज्ञा गर्दछु कि संस्थानको सञ्चालक वा महाप्रबन्धक वा कर्मचारी वा निरीक्षक
वा पदाधिकारीका हैसियतबाट वा संस्थानमा आफ्नो पद सम्बन्धी काम कुरामा आफ्नो योग्यताले भेटेसम्म
परी आएको कर्तव्यको पालन इमान्दारीपूर्वक र सत्य निष्ठाले गर्नेछु ।
म पुन प्रतिज्ञा गर्दछु कि कुनै अनधिकृत ब्यक्तिलाई संस्थान सम्बन्धी कुनै सूचना प्रकाश गर्न वा
गर्न लगाउन वा कसैलाई संस्थानको अधीनमा रहेको र संस्थान सम्बन्धी कुनै किताब वा कागजपत्र कुनै
ब्यक्तिलाई निरक्षिण वा ग्रहण गर्न दिने छैन ।