दफा ३
संस्थानको स्थापना
(१) राष्ट्रिय हित तथा सर्वसाधारण जनताको ज्ञान, जानकारी मनोरञ्जन,
सुविधा वा आर्थिक हितको निमित्त कुनै सञ्चार सेवालाई संस्थानको माध्यमबाट सञ्चालन गर्न
आवश्यक वा उपयुक्त देखिएमा नेपाल सरकारले देहायका कुराहरु खुलाई नेपाल राजपत्रमा सूचना
प्रकाशित गरी कुनै संस्थानको स्थापना र गठन गर्न सक्नेछ ः–
(क) संस्थानको नाम,
(ख) संस्थानको मूल कार्यालय रहने ठाउँ,
(ग) संस्थानको उद्देश्य र काम कर्तब्य ।
(२) उपदफा (१) बमोजिम स्थापना भएको संस्थानको नाम, कार्यालय वा उद्देश्य तथा काम
कर्तब्यमा कुनै हेरफेर गर्न परेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी त्यस्तो
हेरफेर गर्न सक्नेछ ।