दफा २४
संस्थानले दायित्व बेहोर्ने
नेपाल सरकारको कुनै विभाग वा समिति वा संस्थानलाई यस ऐन
अन्तर्गत संस्थानमा परिणत गरिएमा त्यसरी परिणत हुन अघि त्यस्तो विभाग वा समिति वा
संस्थानको तर्फबाट नेपाल सरकारले गरेको ठेक्कापटृा तथा सम्झौता सम्बन्धी दायित्वहरु मध्ये
नेपाल सरकारले तोकिदिए जति दायित्वहरु त्यसरी परिणत भई स्थापित संस्थानले बेहोर्ने छ ।