दफा ३१
सङ्कटापन्न वन्यजन्तु तथा वनस्पति राष्ट्रिय समन्वय समिति –
(१) यो ऐन तथा महासन्धिको प्रभावकारी कार्यान्वयन गर्नको लागि सङ्कटापन्न
वन्यजन्तु वा वनस्पतिको प्रजातिको संरक्षण र संवर्धन गर्न अपनाउनु पर्ने नीतिगत, कानूनी र संस्थागत उपायका सम्बन्धमा नेपाल
सरकारलाई सिफारिस गर्न र यस ऐनको कार्यान्वयनमा आवश्यक सहयोग र समन्वय गर्न देहाय बमोजिमको एक सङ्कटापन्न वन्यजन्तु
तथा वनस्पति राष्ट्रिय समन्वय समिति रहनेछ ः-
(क) सचिव, वन तथा वातावरण मन्त्रालय– संयोजक
(ख) सहसचिव, कानून, न्याय, तथा संसदीय मामिला मन्त्रालय – सदस्य
(ग) महानिर्देशक, भन्सार विभाग – सदस्य
(घ) महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा
वन्यजन्तु संरक्षण विभाग – सदस्य
(ङ) महानिर्देशक, वन विभाग – सदस्य
(च) महानिर्देशक, वनस्पति विभाग – सदस्य
(छ) महानिर्देशक, हुलाक सेवा विभाग – सदस्य
(ज) प्रहरी नायव महानिरीक्षक, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी – सदस्य
(झ) अनुसन्धान निर्देशक, राष्ट्रिय अनुसन्धान विभाग – सदस्य
(ञ) कार्यकारी निर्देशक, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला – सदस्य
(ट) प्रमुख, प्राकृतिक विज्ञान सङ्ग्रहालय, त्रिभुवन विश्वविद्यालय – सदस्य
(ठ) समितिले तोकेको पदाधिकारी – सदस्य–सचिव
(२) उपदफा (१) बमोजिमको समितिको वैठकमा आवश्यकता अनुसार सम्बन्धित क्षेत्रको विज्ञलाई आमन्त्रण गर्न सकिनेछ ।
(३) उपदफा (१) बमोजिमको समितिको बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।