दफा १३
सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिको प्रजाति दर्ता गर्नुपर्ने
(१) यो ऐन प्रारम्भ हुँदाका बखत कसैले अनुमतिपत्र लिई वा नलिई कुनै जीवित सङ्कटापन्न वन्यजन्तु वा वनस्पति अध्ययन, अनुसन्धान, परीक्षण, प्रशिक्षण, प्रदर्शन, संरक्षण शिक्षा, जैविक स्रोत संरक्षण, शैक्षिक प्रयोजन वा अन्य कुनै प्रयोजनका लागि राखेको, प्रयोग गरेको वा कुनै सङ्कटापन्न वन्यजन्तुलाई पालनपोषण गरेको वा घर पालुवा बनाई त्यसबाट लाभ प्राप्त गरेको भए ताेकिएको अवधिभित्र त्यस्तो वन्यजन्तु दर्ता गर्न सम्बन्धित व्यक्ति, संस्था वा निकायले व्यवस्थापन निकाय समक्ष तोकिए बमोजिम निवेदन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन परेमा त्यस्तो वन्यजन्तु प्रचलित कानून प्रतिकूल नहुने गरी राखेको वा प्रयोग गरेको कुरामा व्यवस्थापन निकाय विश्वस्त भएमा सो निकायले त्यस्तो वन्यजन्तु तोकिए बमोजिम दर्ता गरी सम्बन्धित व्यक्ति, संस्था वा निकायलाई दर्ता प्रमाणपत्र प्रदान गर्नु पर्नेछ ।
(३) यस दफा बमोजिमको कार्यविधि पूरा नगरी राखेको वन्यजन्तु तोकिए बमोजिम जफत हुनेछ ।
(४) यस दफा बमोजिम दिइने दर्ता प्रमाणपत्रको अवधि, नवीकरण, दर्ता शुल्क तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।