दफा ७
सचिव
(१) परिषद्को प्रशासकीय प्रमुखको रुपमा काम गर्न एक सचिव रहनेछ ।
(२) परिषदले कानूनमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको व्यक्तिलाई तोकिए बमोजिम सचिवको पदमा नियुक्त गर्नेछ ।
(३) उपदफा (२) बमोजिम सचिव नियुक्त नभए सम्मको लागि परिषद्को अनुरोधमा नेपाल सरकारले न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृतलाई परिषद्को सचिवको रुपमा काम गर्न काजमा खटाउन सक्नेछ ।
(४) सचिवको पदावधि चार वर्षको हुनेछ ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सचिवले ईमान्दारीपूर्वक काम नगरेमा वा निज खराब आचरणमा लागेमा वा निजको काम सन्तोषजनक नभएमा परिषद्ले निजलाई जुनसुकै बखत सचिवको पदबाट हटाउन सक्नेछ ।
(६) उपदफा (५) बमोजिम सचिवलाई पदबाट हटाउनु अघि निजलाई आफ्नो सफाई पेश गर्ने मौका दिनु पर्नेछ ।
(७) सचिवको काम, कर्तव्य, अधिकार, पारिश्रमिक र सेवाका अन्य शर्त तोकिए बमोजिम हुनेछन् ।