दफा २२
सचिव

२२. सचिवः

(१) राष्ट्रिय योजना आयोगको सचिवालयमा नेपाल निजामती सेवाको एक विशिष्ट श्रेणीको अधिकृत रहनेछ ।
(२) प्रचलित कानुन बमोजिमको काम, कर्तव्य र अधिकारको अतिरिक्त सचिवको काम, कत्र्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–

(क) सचिवलायको प्रशासकीय प्रमुखको रुपमा काम गर्ने,
(ख) सचिवालयकोे प्रशासकीय काम कारवाहीलाई व्यवस्थित गर्ने, गराउने,
(ग) प्रचलित कानून बमोजिम विभागीय प्रमुखको हैसियतले गर्नु पर्ने काम गर्ने,
(घ) तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने ।