दफा ३३
सजाय कम गर्ने माग दावी लिई अभियोग पत्र दायर गर्न सकिने
(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कसूरको अभियुक्तले अनुसन्धान अधिकारीलाई त्यस्तो कसूरको अनुसन्धान गर्न सहयोग पु¥याएमा त्यस बापत त्यस्तो अभियुक्तलाई कानून बमोजिम हुने सजायमा छुट हुन अनुसन्धान अधिकारीले सरकारी वकिल समक्ष सिफारिस गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम सिफारिस भई आएमा वा अनुसन्धान प्रतिवेदन वा मिसिल संलग्न कागजातबाट अभियुक्तले अनुसन्धानमा सहयोग पुर्याएको देखिएमा सरकारी वकीलले त्यस्तो सिफारिस वा सहयोगलाई समेत विचार गरी त्यस्तो अभियुक्तलाई हुने सजायमा छुट दिन प्रस्ताव गरी शर्त सहितको माग दावी लिई अभियोगपत्र दायर गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम अभियोगपत्र दायर गर्दा सरकारी वकिलले देहाय बमोजिमको सजाय छुटकोे प्रस्ताव गरी अभियोगपत्र दायर गर्न सक्नेछः–
(क) अभियुक्तले आफूले गरेको कसूर अनुसन्धान अधिकारी वा सरकारी वकिल समक्ष पूर्ण रुपमा स्वीकार गरी साबिती भएमा निजलाई हुने सजायमा पच्चीस प्रतिशतसम्म छुट,
(ख) अभियुक्तले आफू समेत संलग्न भएको कसूरमा साबित भई सो कसूरमा संलग्न अन्य कसूरदार वा गिरोह वा कसूर गराउन निर्देशन दिने मुख्य ब्यक्ति वा कसूरको सम्बन्धमा विस्तृत तथ्य बताउन वा कसूरमा संलग्न ब्यक्तिलाई पक्राउ गर्न वा कुनै सङ्गठित वा समूहगत रुपमा भएको कसूर भए सो कसूरमा संलग्न अन्य ब्यक्तिहरु वा त्यस्तो कसूरको आपराधिक षडयन्त्र हुने स्थान देखाउन, कसूर गर्न प्रयोग हुने सवारी साधन, यन्त्र, उपकरण वा अन्य वस्तु वा हातहतियार बरामद गर्न वा जफत गर्न सघाउ पु¥याएको भए निजलाई हुने सजायमा पचास प्रतिशतसम्म छुट ।
(४) उपदफा (२) बमोजिम सजाय छुटको माग दावी गर्नको लागि सम्बन्धित मुद्दाको मिसिल संलग्न कागजातबाट त्यस्तो अभियुक्तले त्यस्तो सहयोग गरेको कुरा स्पष्ट रुपमा देखिनु पर्नेछ ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कसूरका सम्बन्धमा वा अवस्थामा सजायमा छुट हुने माग दावी गर्न सकिने छैनः–
(क) एकपटक यस दफा अन्तर्गतको सुविधा पाइसकेको,
(ख) कैद सजाय पाएकोमा त्यस्तो कैद भुक्तान गरेको अवधि तीन वर्ष पूरा नगरेको,
(ग) जुन कसूरमा अभियोग लगाइने हो त्यस्तै कसूरमा एक पटक सजाय पाइसकेको ।
(६) उपदफा (२) बमोजिम सजायमा छुट पाउने गरी अभियोगपत्र दायर भइसकेपछि त्यस्तो अभियुक्तले अदालतमा अनुसन्धान अधिकारी वा सरकारी वकिल समक्ष दिएको भन्दा फरक बयान दिएमा वा प्रतिकूल प्रमाण दिएमा वा आफ्नाे कसूर इन्कार गरेमा वा न्यायिक कारबाहीमा सहयोग नपुर्याएमा निजले यस दफा बमोजिमको सुविधा पाउन सक्ने छैन ।
(७) उपदफा (६) बमोजिमको अवस्थामा सरकारी वकिलले उपदफा (१) वा (२) बमोजिम प्रस्ताव गरिएको छुट सजाय रद्द गरी थप सजायको माग गरी अदालतमा निवेदन दिनु पर्नेछ र त्यस्तो निवेदन सोही अभियोग पत्रको अभिन्न अङ्ग हुनेछ ।