दफा ५
सजाय
कसैले देहायको कसूर गरेमा देहाय बमोजिम सजाय हुनेछः—
(क) आफ्नो नाउँको राहदानी अरुलाई प्रयोग गर्न दिएमा वा अर्काको राहदानी प्रयोग गरेमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना ।
(ख) जानीजानी झुट्टा विवरण दिई राहदानी प्राप्त गरेमा वा प्राप्त गर्ने उद्योग गरेमा वा दफा ३ विपरीत विदेशको भ्रमण गरेमा वा गर्ने उद्योग गरेमा वा नेपाल सरकारले दिएको आदेश वा निर्देशनको पालना नगरेमा वा जुन उद्देश्यको लागि राहदानी जारी गरिएको हो सो बाहेक अन्य उद्देश्यको लागि राहदानीको प्रयोग गरेमा तीन वर्षसम्म कैद र तीसहजार रुपैयाँसम्म जरिबाना ।
(ग) खण्ड (क) र (ख) मा लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत अन्य कुनै काम कारबाही गरेमा निजलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँ सम्म जरिबाना ।